शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

त्यो रात मन्त्रालयमा के भएको थियो ? मन्त्री आलेले खोले बास्तविकता !


  • आइतबार, असार ५ २०७९
10.4K
SHARES

फाइल तस्विर

काठमाडौं – शुक्रबार विहान संस्कृति, पर्याटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले अश्लिल गाली गरेको अडियो भाइरल भयो । मन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई मन्त्रालय बोलाएर बिहीबार राती गालीमात्र होइन् हातपातसमेत गरेको आरोप लागेको थियो ।

शुक्रबार दिनभरी त्यही विषयको समाचार भाइरल भयो । मन्त्रीले भने आफूले कसैलाई पनि दुव्र्यवाहार नगरेको भन्दै उक्त समाचारको खण्डन गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् ।

“समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुर्व्यवाहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन । यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सीसीटीभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ । आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटीभीका फुटेज उपलब्ध गराउन सक्नेछ,” उनले भने ।

कतिपय काममा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने हुनसक्ने र मन्त्रालयलको नेतृत्वकर्ताको हैसियतले त्यो क्रम निरन्तर रहने भन्दै मन्त्री आलेले आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको पाइएपछि कार्यकारी सम्झाएको स्पष्ट पारे ।

पछिल्ला दिनमा उडान सङ्ख्या वृद्धि हुँदै गएको तर जापानलगायतका गन्तव्यमा सर्वसाधारण, विद्यार्थी, भारतमा उपचारमा जाने बिरामीलगायतले टिकट सहजै नपाउने, निगमकै कारण बजारमा कृतिम अभाव गराई आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको भन्नेजस्ता गुनासो अत्यधिक आएपछि स्थानीय तहको चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी नै रहेको उनले बताए ।

मन्त्रालयमा आएका गुनासाका विषयमा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएपछि त्यसलाई रोक्न धेरै शक्ति केन्द्रबाट कार्यकारी अध्यक्षले उल्टै आफूमाथि दबाब दिएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री आलेले भने, ‘नेपाल वायुसेवाका अध्यक्षमाथि हातपात नै गरिएको भनेर अहिले आएको समाचार झुठो हो । यसमा कुनै सत्यता छैन ।’

नेपाल वायुसेवाका अध्यक्षमाथि आएका कार्यालयभित्रै तथा सर्वसाधारण नागरिक र सेवाग्राहीका गुनासाका विषयलाई मन्त्रालयले अध्ययन गरेर अध्यक्षलाई सम्झाइबुझाइ गरी सुधारका लागि पटक–पटक मौका दिए पनि त्यसमा सुधार नआएको मन्त्री आलेको आरोप छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा