काठमाडौँ – धुर्मुस-सुन्तलीको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्ने सपना छिट्टै पुरा हुने भएको छ । धुर्मुस(सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र सङ्घ सरकारको सहकार्यमा पूरा गर्ने भएपछि उनीहरूको रंगशाला बनाउने सपना पुरा हुने भएको हो ।
यस अघि भरतपुर महानगरकी मेयर रेणु दाहालले उनीहरूलाई आफूले रङ्गशालालाई तयार पार्न पहल गर्ने भन्दै आश्वस्त परेकी थिइन् त्यसैको निरन्तरताले अहिले साकार रूप पाएपछि धुर्मुस सुन्तलीको रंगशाला बनाउने सपना पुरा हुने निश्चित जस्तै भएको छ।
आर्थिक अभावका कारण निर्माण रोकिएको सो क्रिकेट रङ्गशालामा सङ्घ सरकारले आगामी आवका लागि २२ करोड ५० लाख विनियोजन गरिसकेको छ ।
बागमती सरकारले पनि आगामी आवका लागि सोही रङ्गशालामा ५ करोड विनियोजन गरेको छ । बागमतीका आर्थिक मामिला मन्त्री सालिकराम जम्मरकट्टेलले प्रस्तुत गरेको बजेटमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग सहकार्य गर्न ५ करोड छुटाएको छु’ भनिएको छ ।
यो रंगशाला निर्माणमा भरतपुर महानगरपालिकाले पछिल्ला हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । ३ अर्ब लागत रहेको यो रङ्गशालामा १४ प्रतिशत काम सम्पन्न भएपछि फाउन्डेसनले हात उठाएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।