कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले विवाह गर्नका लागि २० वर्ष उमेर पुग्नुपर्ने प्रावधानप्रति आफू सहमत नरहेको बताएका छन् । बिहे गर्न २० वर्ष कुर्नुपर्ने कुरा कुनै पनि स्ट्यान्डरले देखाउँदैन भन्दै बिहेको उमेरलाई पुनरावलोकन गर्ने तर्फ मन्त्रालयले अध्यान गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विवाहका लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी प्रावधान पुनरावलोकनका लागि मन्त्रालयले अध्ययन सुरु गरिसकेको जानकारी दिए ।
‘यसमा हामीले स्टडी सुरु गरिसकेका छौं । १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्नचाहिँ २० वर्ष कुर्नुपर्छ,’ उनले भने, ‘बिहे गर्न २० वर्ष कुर्नुपर्ने कुरा कुनै पनि स्ट्यान्डरले देखाउँदैन ।
यसले बरु अपराध बढाउने कुरा भइरहेको छ । त्यसैले यसमा रिभ्यु गर्नुपर्छ र रिभ्युको प्रोसेस कानुन मन्त्रालयले थालिसकेको कुरा म अवगत गराउन चाहन्छु ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।