शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

पार्टी फुटाउने अन्तिम तयारीमा रहेका नारायणकाजीले प्रचण्डसंग राखे अन्तिम शर्त !


  • मंगलबार, जेष्ठ ३१ २०७९
8.9K
SHARES

तस्विरः फाइल

नेकपा माओवादी केन्द्रको नेता नारायणकाजी श्रेष्ठ पार्टी फुटाउने अन्तिम तयारमा रहेको खुलासा भएको छ । श्रेष्ठले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पार्टी फुटबाट जोगाउन अन्तिम मौका दिएका छन् ।

उनले प्रचण्डलाई वाम एकताका पक्षमा उभिन दवाव दिएका छन् । त्यसो नभए पार्टी फुटाएर बाम एकताको पक्षमा आफूले झण्डा उठाउने भन्दै चेतावनी दिएको नारायणकाजी निकट श्रोतको भनाई छ ।

त्यसका लागि श्रेष्ठले नेकपा एमालेका नेताहरुसँग छलफल चलाएका छन् । सोमबार विहान श्रेष्ठले एमाले अध्यक्ष केपि शर्मा ओलीलाई भेटेर बाम एकताको कुरा उठाएका थिए ।

ओलीसँग श्रेष्ठले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अमेरिकाको भूमिका बढेको विषय देखि वाम एकता नभए ठूलो संकट आउनसक्ने भन्दै छलफल गरेको बुझिएको छ ।

श्रेष्ठले वाम एकताका लागि आफूहरु सधै तयार भएको भन्दै मार्ग खोल्न ओलीलाई पनि आग्रह गरे । विश्वस्त स्रोतका अनुसार श्रेष्ठले प्रचण्डलाई समेत वाम एकताका लागि दबाब दिएका छन् । उनले माओवादीभित्र अलग समूहलाई सक्रिय बनाएका छन् । वाम एकताका लागि कुनैपनि बेला माओवादीभित्र विद्रोह गर्ने सम्मको रणनीतिमा श्रेष्ठ पुगेका छन् ।

उता वर्षमान पुन निरन्तर पनि नेकपा एमालेका नेताहरुसँग सम्पर्कमा छन् । उनले खुलेरै चुनावमा वाम तालमेलको कुरा गर्दै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा