शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

हेटौडा पुगेका बालेनलाई त्यहाँ पनि भ्याइनभ्याई


  • सोमबार, जेष्ठ ३० २०७९
16K
SHARES

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयर हेटौडा पुगेका छन् । बागमती प्रदेश सरकारले स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिका लागि राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नगरप्रमुख बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल हेटौडा पुगेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहजीकरणमा बागमती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेटौँडामा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

आज र भोलि चल्ने कार्यक्रममा प्रदेशभरका महानगर, नगर, गाउँपालिकाका जनप्रतिनिधि सहभागी छन् । बालेन र सुनिता उक्त कार्यक्रममा आकर्षणको केन्द्र बनेका छन् ।

युवा उमेरमै संघीय राजधानी एवं देशकै ठुलो स्थानीय तहको नेतृत्वमा पुगेका उनीहरू कार्यक्रममा ‘सेलिब्रेटी’ जत्तिकै बनेका छन् । दुई जनाले अनौपचारिक छलफलमा स्थानीय विकास र पालिका सञ्चालनसम्बन्धी अनुभव र आइडिया आदानप्रदान समेत गरेका छन् ।

सहभागीले तस्बिरका लागि अनुरोध गरेपछि बालेन्द्र र सुनितालाई भ्याइनभ्याइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा