शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

प्रकाशमानलाई फलामको चिउरा चपाउनु सरह हुने भयो संसदीय चुनाव, बहुचर्चित स्वतन्त्र व्यक्तीले गरे उम्मेदवारी घोषणा !


  • आइतबार, जेष्ठ २९ २०७९
29.2K
SHARES

फाइल तस्विर

काठमाडौं । यसपटकको संसदीय चुनाव दलका उम्मेदवारका लागि ठूलो चुनौती बन्ने देखिएको छ । स्थानिय तहको चुनावमा स्वतन्त्र उम्मेदवारले आशालाग्दो गरी जित निकालेपछि लामो समयदेखि देश र जनताको सेवा गर्दै आएका स्वतन्त्र व्यक्तीहरुले उम्मेदवारी घोषणा गर्न थालेसँगै दलका उम्मेदवारका लागि खतराको घण्टी बजेको हो ।

यसैबीच, नेपाली कांग्रेसका नेता प्रकाशमानसिंहलाई आसन्न संसदीय चुनाव फलामको चिउरा चपाउनु सरह हुने भएको छ । सिंहको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले चुनाव लड्ने घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट लड्ने सो पार्टीले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत नेपाल सुशासन पार्टीले ‘देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको यस अभियानमा सबैको साथ, सहयोग र माया रहिरहनेछ भन्दै अपेक्षा गरिएको’ जनाएको छ ।

उनले आफू काठमाडौं १ चुनाव लड्न लागेको बताए । उनले भने, ‘हो तपाईंले जे सुन्नुभयो त्यो सही सुन्नुभएको हो । म काठमाडौं क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने हो ।’

यसअघि खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको बताइए पनि उनी ब्याक भएका थिए । साथीहरूसँग सल्लाह गर्दा मेयरमा उठ्नुभन्दा सांसदमा उठ्नु ठीक भन्ने धेरैले राय दिएको उनले बताएका थिए ।

यस्तै केहिदिन अघि सामाजिक तथा राजनीतिक अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । बम स्वर्गीय उज्वल थापासँगै तत्कालिन विवेकशील नेपाली दलका एक जना संस्थापक हुन् ।

बम ०७२ सालको भूकम्पमा राहत वितरण, कोरोना महामारीको समयमा विपन्नलाई निशुल्क खाना खुवाउने र अस्पतालमा कोरोना भाइरसका गम्भीर बिरामीका लागि अक्सिजन वितरण अभियानमा सक्रिय थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा