शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

मन्त्रालयको नाम फेर्न सांसद दुर्गा पौडेलको प्रस्ताव : श्रम तथा बेरोजगार मन्त्रालय राखौँ


  • मंगलबार, जेष्ठ २४ २०७९
15.5K
SHARES

फाइल तस्विर

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले श्रम तथा रोजगार मन्त्रालयको नाम परिवर्तन गरेर श्रम तथा बेरोजगार मन्त्रालय राख्न माग गरेकी छिन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा खर्च कटौती प्रस्ताव पेस गर्दै सांसद पौडेलले देशलाई ठूला, मझौला र साना योजना आवश्यक रहे पनि ती योजना कार्यान्वयन भयो कि भनेर अनुगमन गर्नुपर्ने संयन्त्र नभएको बताइन् ।

उनले साना प्रकारका योजना स्थानीय तहलाई जिम्मा दिए पनि त्यसको कार्यान्वयन कसरी भएको छ भनेर अनुगमन नहुने बताइन् । बजेट कहाँ कसरी गएको छ, कार्यान्वयन भएको छ कि छैन भनेर कुनै मतलब नराख्ने र सबैतिर अस्तव्यस्तको अवस्था रहेको उल्लेख गरिन् । ठेक्का दिए पनि ठेकेदारले काम नगर्ने, विवादित ठेकेदारले ठेक्का पाउने गरेको गरेको, बजेट विनियोजन गरे पनि कार्यान्वयन नहुने भएकोले भौतिक पूर्वाधार मन्त्रालयको खर्च कटौती गर्न माग गरिन् ।

उनले श्रम तथा रोजगार मन्त्रालयले बेरोजगार मात्र उत्पादन गर्ने भएकोले मन्त्रालयको नाम फेरेर श्रम तथा बेरोजगार मन्त्रालय राख्न सुझाव दिइन् । उनले युवालाई तालिम दिएर विकासमा सहभागी गराएर रोजगारी दिनुपर्नेमा बेरोजगार भएर विदेशमा पलायन भइरहेको बताइन् ।

उनले भनिन्–‘युवाहरू आफ्नो श्रम विक्री नभएर विदेश पलायन हुन बाध्य छन् । उनीहरूलाई रोजगारी दिएर रोक्न सरकारसँग कार्यक्रम छैन । उनीहरू हरेक दिन एयरपोर्टमा लाइन लागेर विदेशको जोखिमपूर्ण काममा गइरहेका छन् । जोखिम मोलेर काम गर्दा निधन भएर काठको बाकसमा आउनुपरेको छ ।’ उनले युवाहरूलाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन माग गरिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा