आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना


  • शनिबार, जेष्ठ २१ २०७९
9K
SHARES

फाइल तस्विर

हाल नेपालमा स्थानीय वायु र भारतको  उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।  प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भइरहेको छ।देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि  मौसम सामान्यतया सफा  रहेको छ।

शनिबार प्रदेश १, मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन / चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यता आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै सोमवार देशका पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा