१९ जेठ, काठमाडौँ ।
सङ्घीय संसदमा जस्तै नेकपा एमालेले बागमती प्रदेशमा पनि वितण्डा सुरु गरेको छ ।सङ्घीय संसद् निरन्तर अवरुद्ध गरेर उड़दन्ड़ता देखाएको एमालेले बागमती प्रदेशसभाको बैठक अवरुद्ध गरेर अर्को वितण्डालाई निरन्तरता दिएको हो । बागमती प्रदेशसभाको बैठक सुरु भए लगत्तै एमालेले अवरोध गरेपछि बागमती प्रदेशसभाको बैठक केही समयका लागि स्थगन गरिएको छ ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भए लगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराए ।
मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाए । उनले घटनाको सत्य तथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउन्जेल संसद्मा अवरोध कायमै राख्ने बताएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक १० मिनेटका लागि स्थगन गर्नु परेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।