उदयपुरको त्रियुगा नगरपालिकामा वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नयाँ रेकर्ड बनेको छ । एक त ढिला मतगणना भयो अर्को दुई उम्मेदवारले नयाँ रेकर्ड बनाए । त्रियुगा नगरपालिका वडा नम्बर १० मा नेकपा (एमाले) र नेपाली काँग्रेसका उम्मेदवारले नयाँ रेकर्ड बनाएका हुन् ।
हालसम्मतसम्मको अवस्थामा मतगणना सम्पन्न भएको छ । नेपाली काँग्रेसका उम्मेदवारले नगरप्रमुखमा विजयी हासिल गरे । उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । भने अधिकांश वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
वसन्त कुमार बस्नेतले १३९५९ मत प्राप्त गरी नगरप्रमुखमा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भागवत राउतले ११८७३ मत प्राप्त गरे । भने नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बलदेव चौधरीले ९१४७ मत प्राप्त गर्दै पराजित भए । यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार महेश्वरी राई विजयी भएकी छिन् । राईले १३७०३ मत प्राप्त गरिन् । भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उम्मेदवार सरिता राईले ११९८१ मत प्राप्त गरिन् ।
त्रियुगा नगरपालिकामा १६ वटा वडा रहेका छन् । वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार मनोज कुमार चौधरी वडाध्यक्षमा विजयी भएका छन् । वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार घमान सिंह खत्री, वडा नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार तिलक कटुवाल, वडा नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार बद्री बस्नेत, वडा नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार उद्धव कुमार थापा, वडा नम्बर ६ मा नेकपा एमाले उम्मेदवार योगेन्द्र बहादुर दाहाल, वडा नम्बर ७ मा नेकपा एमालेका उम्मेदवार अमर बहादुर दनुवार, वडा नम्बर ८ मा नेपाली काँग्रेसका उम्मेदवार राजकुमार राउत, वडा नम्बर ९ मा नेपाली काँग्रेसका उम्मेदवार राजकुमार दनुवार, वडा नम्बर १० मा नेकपा एमालेका उम्मेदवार किरण पाण्डे, वडा नम्बर ११ मा नेपाली काँग्रेसका उम्मेदवार सुमन्त कोइराला, वडा नम्बर १२ मा नेपाली काँग्रेसका उम्मेदवार चुडा राज काफ्ले, वडा नम्बर १३ मा नेपाली काँग्रेसका उम्मेदवार नवीन कुमार चौधरी, वडा नम्बर १४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हिम राज मगर, वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश प्रसाद तिम्सिना र वडा नम्बर १६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर राई वडाध्यक्षमा विजयी भएका छन् ।
वडा नम्बर १० को वडाध्यक्ष पदको मत परिणाम घोषणा भने नसोचेको बनेको थियो । नेकपा एमालेका उम्मेदवार किरण पाण्डे र नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार प्रकाश खड्काको मत परिणाम बराबरी अंकमा आएपछि विजयी घोषणा पेचिलो बनेको थियो । पाण्डे र खड्काले १०५३÷१०५३ बराबरी मत प्राप्त गरे । यो मत परिणाम त्रियुगा नगरपालिकाको पहिलो र नौलो बनेको छ । अन्ततः गोला प्रथाको माध्यम प्रयोग गर्दै विजयी उम्मेदवार घोषणा गर्नु परेको थियो । गोला प्रथाबाट एमालेका उम्मेदवार किरण पाण्डे वडाध्यक्षमा निर्वाचित बन्न सफल भए ।