शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

काठमाडौँको मेयर बने लगत्तै बालेनले लेखेको स्ट्याटसले कट्टर विरोधीको पनि मन जित्यो ! आखिर के लेखे त्यस्तो ? (हेर्नुहोस् स्ट्याटससहित)


  • बुधबार, जेष्ठ ११ २०७९
52.9K
SHARES

फाइल तस्विर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह अनौपचारिक रूपमा यहाँको मेयर बनेका छन् । अनौपचारिक जितपछि बालेनले आफ्ना समर्थक र विपक्षीको नाममा लेखेको फेसबुक स्ट्याटस भाइरल बनेको हो । बालेनले मेयरमा जित सुनिश्चित भएपछि सबैलाई धन्यवाद दिएका छन् ।

बालेनले बुधवार फेसबुकमा लेख्दै आफ्ना मतदाता, समर्थक र निर्वाचनमा सामेल भएका सबैलाई धन्यवाद दिएका हुन्। उनले लेखेको स्ट्याटसपछि उनकै कट्टर विरोधीहरू समेत आफू बालेनको फ्यान भएको प्रतिक्रिया दिन थालेका छन् ।

मतदाताहरूले आफूलाई काठमाडौँ महानगरको जिम्मेवारी बोक्न योग्य भएको भन्दै विश्वास गरेको बताए। उनले विश्वासमा कसैको जित वा हार नहुने बताएका छन्। यस्तै आफूहरूले विजय जुलुस निकालेर अरूलाई पराजित भन्ने सङ्केत नगर्न पनि अनुरोध गरेका छन्।

‘ठाउँ–ठाउँबाट ¥यालीका लागि काठमाडौँ आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौँ। हाम्रो अनुरोध के हुन्छ भने तपाईँहरू कोही पनि ¥यालीका लागि काठमाडौँ आउने दुःख गर्नु पर्दैन। यो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौ,’ उनले भनेका छन्।

त्यसको सट्टामा आफूहरू भएकै ठाउँमा धन्यवाद ¥याली गर्न अनुरोध गरेका छन्। ‘अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाईँ रहेकै क्षेत्रमा ’धन्यवाद ¥याली’ गर्नु होला। त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ,’ उनले भने, ‘नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ’बालेन’हरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ। यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ।’

यस्तो छ बालेनको भनाइ: स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ। अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नु भएको छ। यहाँ विश्वासको कुरा छ। विश्वासमा जित वा हार हुँदैन।

जित–हारलाई मतगणना सकिएसँगै सकिदिऔँ। घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला। तर अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने सङ्केतसम्म पनि नगरौँ।

यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन। हाम्रो स्वयमको पनि बढीमा ३५ प्रतिशत मत आउला। यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरूलाई छनौट गर्नु भएको छ। हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा सङ्केत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ। र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ।

दोस्रो, ठाउँ–ठाउँबाट ¥यालीका लागि काठमाडौँ आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौँ। हाम्रो अनुरोध के हुन्छ भने तपाईँहरू कोही पनि ¥यालीका लागि काठमाडौँ आउने दुःख गर्नु पर्दैन। यो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौ।

अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाईँ रहेकै क्षेत्रमा ’धन्यवाद ¥याली’ गर्नुहोला। त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ। नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ। ’बालेन’हरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ। यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ।

अबको बाटो सहज छैन। हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ। हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ। हामीलाई साथ र सुझाव जति महत्त्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको ऊर्जाको लागि हामी सधैँ तपाईँहरूसँग जोडिरहेका हुन्छौँ। तपाईँहरूको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ।

अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ। हरेक टोलटोल र गाउँ गाउँमा ’बालेन’हरू भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन्। अबको हाम्रो पहिलो यात्रा काठमाडौँको मुहार फेर्नलाई हुनेछ। मिलेर अगाडि बढौँ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा