९ जेठ, काठमाडौँ ।
कान्छा समाजसेवीका पहिचान बनाएका श्रीकृष्ण (आयन) श्रेष्ठ सम्मानित भएका छन् । शनिवार आफैले पढेको कलेजले उनलाई सम्मान गरेको हो ।
शान इन्टरनेशनल कलेज, भत्केकाेपुल मा श्रेष्ठले अध्ययन गरेका थिए । प्लस टु तहसम्मको पढाई सोही कलेजबाट गरेका छन् । शान कलेजले २२ औँ वार्षिकोत्सवको अवसरमा श्रेष्ठ लगायत समाजमा योगदान पुर्याएका व्यक्तिहरूले सम्मान गरेको हो ।

सम्मान पत्रमा भनिएको छ, ‘विगत लामो समयदेखि अत्यन्तै निष्ठा र समर्पण साथ शिक्षा तथा समाजसेवीका रूपमा तपाई नेपाली नागरिक समाजमा समर्पित रहँदै आउनु भएको छ । समाजमा रहेको अशिक्षा, रूढिवादी, परम्परा र अन्धविश्वासलाई समाप्त पार्न शिक्षा तथा सामाजिक कार्यद्वारा सभ्य नागरिक र आधुनिक समाज निर्माणमा अतुलनीय योगदान पुर्याउनु भएकोमा उच्च मूल्याङ्कन स्वरूप सान इन्टरनेशनल कलेज आफ्नो २२औँ स्थापना दिवसको उपलक्ष्यमा यहाँलाई सम्मान गर्दछ । आगामी दिनमा शिक्षा तथा सामाजिक क्षेत्रमा अझै बढी योगदानको अपेक्षा राख्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।’
‘आफैले अध्ययन गरेको कलेजले सम्झनु नै मेरो लागि ठुलो कुरा हो ।’ श्रेष्ठ भन्छन्, ‘यस सम्मानबाट खुसीसँगै थप जिम्मेवारी थपिएको महसुस गर्दछु । कलेजका आदरणीय सर तथा कलेज परिवारलाई मनदेखि धन्यवाद व्यक्त गर्दछु ।’
आयन श्रेष्ठले कलिलो उमेरदेखि नै सामाजिक कार्यमा क्रियाशील छन् । यस कारण पनि उनलाई कान्छा समाजसेवीको पचिहाचान छ ।
केही बुझ्ने भएदेखि समाजसेवा गर्दै आएको छु, उनी भन्छन् । अहिले उनी २२ वर्षका भए । १७ वर्षदेखि आर्थिक अवस्था कमजोर भएका नानीबाबुहरूको आफ्नै अगुवाइमा स्कुल, कलेज भर्ना दिनेदेखि दीन दुःखीहरूको सेवा गर्दै आएका छन् ।