शनिबार, साउन ९ २०८३
ताजा अपडेट

स्थानीय निर्वाचनमा शून्य भएको राप्रपा नेपालको संघीय निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य !


  • सोमबार, जेष्ठ ९ २०७९
11.1K
SHARES

तस्विरः फाइल

कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी संघीय निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य लिएको छ । स्थानीय निर्वाचनमा सहभागी भएपनि शून्य नतिजा ल्याएको राप्रपा नेपालले संघीय निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य लिएको हो ।

‘आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई कम्तिमा पनि राष्ट्रिय पार्टी बनाउने हाम्रो तत्कालीन उद्देश्य हुनेछ’, अध्यक्ष कमल थापाले सोमबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

राप्रपाले स्थानीय तह निर्वाचनमा उपस्थितिमात्रै जनाएको र यसलाई कुनै जितहारको रुपमा नलिएको थापाको भनाइ छ।  यस्तै एमालेसँग चुनावी तालमेल भएपनि अपेक्षाकृत रुपमा गठबन्धन हुन नसकेको उनको निष्कर्ष छ ।

प्रमुख दलहरूमाथि वितृष्णा बढ्दै गएको जिकिरसहित थापाले अहिलेको सन्दर्भमा पार्टीले लिने भावी कार्यनीति, रणनीति र कार्यदिशाबारे पनि प्रकाश पारेका छन् । ​

नेपालको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपान्तरणको निम्ति बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिकारुपमा राप्रपालाई स्थापित गर्नु मुख्य उदेस्य रहेको नेता थापाको जिकिर छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा