शनिबार, साउन ३० २०८३
ताजा अपडेट

हर्क साम्पाङले लिए शपथ, धराने जनतालाई शिरोपर राखेर काम गर्ने उद्घोष !


  • सोमबार, जेष्ठ ९ २०७९
8.6K
SHARES

फाइल तस्विर

सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्क साम्पाङ राईले सोमबार शपथ ग्रहण गरेका छन् । स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवारहरुलाई पराजित गर्दै विद्रोही स्वभावको पहिचान बनाएका साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन् ।

धरानको चुनावी राजनीतिक इतिहासमा एमाले र कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै पहिलो पटक साम्पाङले स्वतन्त्र उम्मेदवारीमार्फत प्रमुख पदमा विजयी भएका हुन् । शपथ लिनका लागि इनरुवा पुगेका नवनिवार्चित प्रमुख साम्पाङलाई जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका थिए ।

अब धरान प्रमुख साम्पाङले उपप्रमुखसहित वडाबाट निवार्चित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् ।

नव निर्वाचित हर्क साम्पाङले सामाजिक सञ्जाल मार्फत आफ्नू जित धराने जनताको भएको आफु केवल माध्यम मात्र भएको बताउँदै अब उप्रान्त धरान नगरपालिकामा उच्च आदर्श निष्ठा र अनुशासनको साथ जनहितमा समर्पित बनेर चल्ने समेत उद्घोष गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा