काठमाडौँ महानगरपालिकाको १ लाख ६ हजार ५१६ मतगणना सकिएको छ। बालेनको लौरोलाई रोक्ने तागत ठुला दलमा देखिन सकेको छैन । बालेनले अहिले पनि अग्रता कायम राखेका छन् ।
काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्म १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेको जानकारी दिए ।
उनका अनुसार साहले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले २१ हजार ५३८ मत पाएकी छन् भने तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले २० हजार ९६५ मत पाएका छन् ।
यसैगरी विवेकशील साझाकी समीक्षा अधिकारीले ४१५ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवार मदन दास श्रेष्ठ ३ हजार ४२९ मत पाएका छन् । उपमेयरमा एमालेकी सुनिता डंगोलले ३८ हजार ३५१ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाएका छन् ।
यस्तै राप्रपाका उम्मेदवार ७ हजार २३ मत पाएको पौडेलले जानकारी दिए । राजधानीको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मतगणना हुँदै आएको छ। मतगणना सुरु भएको ८ दिन बितिसक्दा अझै ४५ प्रतिशतको हाराहारीमा मतगणना हुन बाँकी रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।