४ जेठ, काठमाडौँ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमाले फेरी पनि विजयी भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उद्धव प्रसाद खरेल र उपमेयरमा रमादेवी राई विजयी भएकी थिइन् । यस पटकको निर्वाचनमा पुरानो विरासत कायम गर्दै एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारी र उपमेयर उम्मेदवार अनिता लामा निर्वाचित भएकी छिन् ।
अधिकारीले नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्द्वी विनोद चालिसेलाई २७३८ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । यस्तै उपमेयरमा पनि अनिता लामाले नेपाली काँग्रेसकै उम्मेदवार रमिला वाग्लेलाई २३४२ मतले पराजित गरेका हुन् ।
अधिकारीले १४२५० मत प्राप्त गर्दै निर्वाचित भए । नेपाली काँग्रेसका उम्मेदवार विनोद चालिसेले जम्मा ११५१२ मत प्राप्त गरे । उपमेयरमा १४३१४ मतले अनिता लामा विजयी हुँदा काँग्रेसकी रमिला वाग्ले ११९७२ मतका साथ उपविजेता बनिन् ।
बूढानीलकण्ठका १३ वडामध्ये १० वटा वडाको वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । २ वटा वडामा नेपाली काँग्रेस र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।