गत वैशाख ३० गने भएको स्थानीय निकायको चुनावमा काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन को अग्रता कायम छ । चासोका साथ हेरिएको महानगरमा बालेन दुई ठुला पार्टीका उम्मेदवार भन्दा धेरै अगाडि देखिएका छन् ।
काठमाडौँ महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।
पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् । त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ३४८ मत प्राप्त गरेका छन् । अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ ।
चासोका साथ हेरिएको महानगरमा बालेनको लौरो चुनाव चिन्हले कमाल देखाएको छ । सचेत मतदाता रहेको राजधानीमा स्वतन्त्र उम्मेदवारले ठुला भनिएका दललाई पछार्दै अगाडि देखिएका हुन् । अझै धेरै मत परिणाम गन्न वाकी रहेपनि बालेनले मेयर पद जित्ने लगभग पक्का देखिएको आम जनताको बुझाई छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।