शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी महतो निर्वाचित !


  • मंगलबार, जेष्ठ ३ २०७९
10.9K
SHARES

फाइल तस्विर

चितवनको माडी नगरपालिकामा एमालेकी ताराकाजीकुमारी महतो विजयी भएकी छिन् । महतोले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका  नेकपा माओवादी केन्द्रका ॠषि काफ्लेलाई २ हजार १ सय ७२ मतले पराजित गरेकी हुन् ।

एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याए ।

उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उनले ६ हजार ८३० मत ल्याएर जित्दा एमालेसँगकाे तालमेलमा उपमेयरका उम्मेदवार बनेका मदन पौडेलले ५ हजार ४० मत मात्रै ल्याउन सके । स्वतन्त्र उम्मेवार बनेका कृष्ण पौडेलले उपमेयरमा ३ हजार ८६ मत ल्याए । उनी कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र भई उम्मेदवार बनेका हुन् ।

एमालेबाट निर्वाचित बनेकी ताराकुमारी काजी महतो यसअघिको स्थानीय तहको निर्वाचमा उपमेयरमा निर्वाचित भएकी थिइन् ।

९ वटा वडा रहेको माडीमा राप्रपाले वडा नं. १ र ८, माओवादीले २,४,५ र ९, समाजवादीले ३ र ७ तथा एमालेले वडा नं. ६ मा जित हात पारेको छ ।

राप्रपा र एमाले बीच मेयर/उपमेयरमा तालमेल भए पनि वडामा भने तालमेल हुन सकेको थिएन । माडीमा अघिल्लो पटक माओवादी केन्द्रका नेता ठाकुर ढकालले एकल उम्मेदवार बनेर मेयर जितेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा