शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

काठमाडौँमा लौरो चुनाव चिन्हका उम्मेदवारले मारे बाजी


  • मंगलबार, जेष्ठ ३ २०७९
12.8K
SHARES

३ जेठ, काठमाडौँ ।

काठमाडौँको उत्तरी पूर्व भेगमा रहेको गोकर्णेश्वर नगरपालिकामा लौरो चुनाव चिन्हका उम्मेदवारले जित हासिल गरेका छन् । वडा नम्बर ४ बाट लौरो चिन्हका स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार जयराम महत १०२७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारले जित हासिल गरेका थिए । यस पटक भने नेकपा (एमाले), नेपाली कांग्रेसका उम्मेदवारलाई पछि स्वतन्त्र उम्मेदवारले जितको बाजि मारेका छन् ।

नेपाली कांग्रेसले टिकट नपत्याए पछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवार भएका थिए महत । प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार श्रीकुमार श्रेष्ठलाई पछि पार्दै महत विजयी भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार तेस्रो भएका छन् ।

एमालेका श्रीकुमार श्रेष्ठले ९२९ मत प्राप्त गरे । यस्तै कांग्रेसका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले ७९४ मत प्राप्त गरे ।

वडा नम्बर ४ को वडा सदस्यहरूमा कांग्रेसले दलित महिला सदस्यसमेत गरी २ खुल्ला सदस्य र एमालेले १ महिला सदस्य निर्वाचित बनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा