शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

रफ्तारमा अग्रता लिइरहेका बालेन शाह अब जित्लान् कि हार्लान् ? भयो अर्कै खेल !


  • आइतबार, जेष्ठ १ २०७९
14.8K
SHARES

फाइल तस्विर

१ जेठ, काठमाडौँ ।

विश्वमा रहेका आम नेपालीहरूको ध्यान यति बेला काठमाडौँ महानगरपालिकाले तानेको छ । काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनाव जित्लान् कि हार्लान् भन्ने कुराकाे चर्चा हुन थालिएकाे छ ।

सुरुवाती अग्रता लिएसँगै काठमाडौँ महानगरमा बालेनले चुनाव जित्ने केहीको आकलन छ । अहिले बालेन रफ्तारमा अगाडी बढिरहेका छन् । यही बेला रोचक खेल सुरु भएको छ ।

तर केहीले भने अग्रता बढाउँदै लगे पनि चुनाव नजित्ने बताइरहेका छन् । काठमाडौँमा कसले जित्ने भन्ने विषयमा खोटाङमा भने दुई जनाले बाजी नै राखेका छन्। आइतबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयाँलले कागज नै गरेर बाजी राखेका हुन्।

बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको खसी विजयलाई दिने भएका छन्। बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागज गरेका हुन्। उनीहरूले अन्य व्यक्तिको रोहवरमै कागज गरेको सुमन बास्तोलाले बताए। तर, यसरी बाजी राख्नु गैर कानुनी हो।

लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका बालेनले एमाले र काँग्रेसका उम्मेदवारलाई पछि पार्दै अग्रता लिइरहेका छन्। बालेनले आइतबार दिउँसो १२ बजेसम्म २६०१ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले १४१५ मत प्राप्त गरेका छन्।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा