शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

दार्चुलाको महाकालीमा उदायो सूर्य, मेयर र उपमेयरमा निकाल्यो शानदार जित !


  • आइतबार, जेष्ठ १ २०७९
8.4K
SHARES

फाइल तस्विर

१ जेठ, बाँके ।

दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

मेयर पदमा नेकपा एमालेका उम्मेदवार नरसिंह चैंसिर निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार हंसराज भट्टलाई १ हजारभन्दा बढी मतान्तरले हराएका हुन् ।

नरसिंह चैंसिरले ५ हजार ३ मत ल्याएका थिए । काँग्रेसका उम्मेदवार भट्टले ३ हजार ८८७ मत पाएका छन् । उपप्रमुख पदमा पनि एमालेकी उम्मेदवार दुर्गा कुमारी खत्री निर्वाचित भएकी छन् । उनले ४ हजार ६३६ मत पाएकी छन् ।

उनको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सुना बोहराले ४ हजार १८२ मत पाएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा