शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बालेनका लागि चर्चित कलाकार दीपकराज गिरीले लेखेको स्टाटस बन्यो भाइरल, के लेखे त्यस्तो ! (हेर्नुस् स्टाटससहित)


  • आइतबार, जेष्ठ १ २०७९
13K
SHARES

फाइल तस्विर

१ जेठ, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ । धेरैको चासोको केन्द्र रहेको महानगरपालिकाको अहिलेसम्मको नतिजामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह अगाडि देखिएका छन् ।

साहलाई नेपाली काँग्रेसकी उम्मेदवार सृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । बालेनको अग्रतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न अनुमान लगाउन थालिएको छ ।

धेरैले महानगरपालिकाको मेयरमा बालेन साह विजय हुने अनुमान गरेका छन् । यस्तैमा कलाकार दीपकराज गिरीले लेखेको स्टाटस सामाजिक सञ्जालमा भाइरल बनेको छ । गिरीको स्टाटसबारे विभिन्न टीकाटिप्पणी भइरहेका हुन् ।

गिरीले महानगरपालिकाको अहिलेसम्मको मत परिणामलाई हेरेर बालेनले निर्वाचन जित्ने आङ्कलन गर्दै दुई ठुला दलमाथि कटाक्ष गरेका छन् । उनले लेखेका छन् ,‘प्रारम्भिक मत परिणाम हेर्दा काठमाडौँ महानगरपालिकामा एमाले र काँग्रेस मिलेर चुनाव लडेको भए बालेन साहलाई हराउन सक्ने रहेछन् ।’

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा