शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

नुवाकोटमा बाम गठबन्धनले खाता खोल्यो


  • आइतबार, जेष्ठ १ २०७९
10.8K
SHARES

फाइल तस्विर

१ जेठ, नुवाकोट ।

नुवाकोट जिल्लामा बाम गठबन्धनले जितको खाता खोलेको छ । शिवपुरी गाउँपालिका वडा नम्बर १ बाट जित निकालेको हो ।

शिवपुरी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले बाम गठबन्धन गरी स्थानीय तह निर्वाचनमा सहभागी भएका थिए । आइतबार बिहान वडा नम्बर १ को नतिजा आएसँगै बाम गठबन्धन माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार सुकुराम तामाङ सहित प्यानल विजयी भएका छन् । तामाङले ९९२ मत प्राप्त गरी विजयी भएका हुन् ।

यस्तै नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार महेन्द्र राज खत्रीले ६६८ मत प्राप्त गरेका छन् । एमालेका वडाध्यक्ष उम्मेदवार राजाराम दुलालले ८० मत प्राप्त गरेका छन् ।

बाम गठबन्धनका उम्मेदवार विजयी भएसँगै बाम गठबन्धनका गाउँपालिका अध्यक्ष उम्मेदवारले अग्र स्थानमा छन् । वडा नम्बर १ सम्म आएको मत परिणाम अनुसार एकीकृत समाजवादीका बाम उम्मेदवार पदम उप्रेतीको ८८० मत आएको छ । बाम गठबन्धनका उपाध्यक्ष उम्मेदवार वीर बहादुर तामाङको ९५१ मत आएको छ ।

नेपाली काँग्रेसका अध्यक्ष उम्मेदवार गोविन्द थपलियाको ५७१ मत आएको छ । उपाध्यक्ष उम्मेदवार इन्दिरा खड्काको ५९० मत आएको छ ।

एमालेका उम्मेदवार जितेन्द्र विष्टको १६७ मत आएको छ । उपाध्यक्ष उम्मेदवार मंगलमाया प्रजापतीको १५२ मत आएको छ ।

शिवपुरी गाउँपालिकामा ८ वटा वडा रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा