शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

दोलखामा गोली चल्यो !


  • शुक्रबार, बैशाख ३० २०७९
12.4K
SHARES

फाईल तस्बिर

दोलखाको  बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन ।

दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप भएपछि हवाइ फायर गरेको जानकारी दिए । झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेर अहिले पुनः मतदान सुरु भइसकेको बताए । यस्तै बैत्यश्वरमा थप प्रहरी परिचाल गरिएको उनले  बताए ।

देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरु भएको अबस्थामा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फाएर गरिएको प्रहरीले जनाएको छ।

आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो । सरकारले गत माघ २४ गते आज निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा