शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

मतदानपछि स्थापितले भने, ‘नयाँ युगको सुरुवात भयो


  • शुक्रबार, बैशाख ३० २०७९
14.9K
SHARES

फाइल तस्विर

काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजारस्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।

मतदानपछि स्थापितले नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिएका छन् । उनले यतिबेला मतदातालाई प्रभावित गर्न नहुने बताउँदै सूर्यलाई नमस्कार गरेर मतदान गर्नुपर्ने बताए । उनले आफ्नो जीत सुनिश्चित रहेको पनि जिकिर गरे ।

देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान  सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो  । सरकारले गत माघ २४ गते आज निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो ।

देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिनिधि छनोटका लागि मतदाता मतदान केन्द्रमा पुगी लामवद्ध भइरहेका  छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा