काठमाडौं । स्थानिय चुनावको पूर्वसन्ध्यामा डर त्रासका घटनाहरु सार्वजनिक हुन थालेका छन् । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार राति तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको हो ।
दाङका डिएसपी श्याम अर्यालका अनुसार दुई वटा पेट्रोल बम प्रहार भए पनि मानवीय र भौतिक क्षति भएको छैन। तुलससीपुर उपमहानगर ५ सल्यान जाने बाटोमा रहेको गिरीको घरमा बिहीबार साँझ पेट्रोल बम प्रहार भएको हो।
अज्ञात समूहले घर कम्पाउन्डभित्र दुई वटा बम फ्यालेर भागेको नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मेयर उम्मेदवार गिरीकी पत्नी उमा गिरीले जानकारी दिइन्। बम प्रहारबाट कुनै पनि मानविय र भौतिक क्षती नभएको बताइएको छ ।
यसैबीच मेयर उम्मेदवार गिरीले गलत मानसिकताका व्यक्तिले तर्साउन यसो गरेको बताए। ’गलत मानसिकता भएका व्यक्तिले तर्साउन खोजेको हो। तर कसैले पनि नडराइकन मतदानमा सहभागी हुन अनुरोध गर्दछु,’ उनले भने।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।