२७ वैशाख, काठमाडौँ ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवारको पक्षमा ठुलो जनलहर देखिएको छ । वडा नम्बर ३ का वडाध्यक्ष उम्मेदवार आकाश धितालको घरदैलो कार्यक्रममा ठुलो जनलहर देखिएको हो ।

स्वतन्त्र उम्मेदवार धिताल अघिल्लो स्थानीय तहको निर्वाचित जनप्रतिनिधि समेत हुन् । नेपाली कांग्रेसबाट उम्मेदवार बन्दै पपुलर मत प्राप्त गर्दै वडा नम्बर ३ को वडा सदस्यमा निर्वाचित बनेको थिए । सो वडा नम्बर ३ बाट नेपाली कांग्रेसबाट एक मात्र सदस्य उम्मेदवार विजयी भएका थिए ।
यस पटको स्थानीय तहको निर्वाचनमा कांग्रेसले अर्कै व्यक्तिलाई उम्मेदवार बनाए पछि धिताल स्वतन्त्र उम्मेदवारबाट निर्वाचनमा बुझिएको छ । उनको चुनाव चिन्ह खाने पानीको धारा रहेको छ ।

आफ्नो इच्छाभन्दा पनि वडावासीको चाहलाई सम्बोधन गर्न आफू उम्मेदवार बनेको धिताल भन्छन् । आफूसँग वडाको विकास, समृद्धिका लागि स्पष्ट योजना भएका कारण निर्वाचित हुनेमा ढुक्क रहेको बताए ।
अब नेतृत्व युवाको, परिवर्तनको नेतृत्व युवाको भन्ने नारासहित उम्मेदवार धिताल सहित वडावासीको उपस्थितिमा घर दैलो कार्यक्रम गरिएको थियो ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार आकाश धितालसँगै नेकपा एमालेबाट राजेन्द्र खड्का, नेपाली कांग्रेसबाट नवराज भण्डारी वडाध्यक्षको रेसमा छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।