शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

स्वतन्त्र “बालेन” को पक्षमा युवाको ओइरो : अतालिए काँग्रेस-एमाले, स्थापितको समेत बोली लरबरायो !


  • आइतबार, बैशाख २५ २०७९
15.1K
SHARES

फाइल तस्विर

आगामी वैशाख ३० गने स्थानीय चुनाव हुँदैछ । काठमाडौँ महानगरमा दुई ठुला दल काँग्रेस एमाले र एक स्वतन्त्र उम्मेदवारको त्रिपक्षीय घम्साघम्सी पर्ने देखिँदै आएको छ । अघिल्लो पटक नेकपा एमालेले जितेको देशको राजधानी समेत रहेको काठमाडौँमा यसपटक स्वतन्त्र उम्मेदवार बालेन शाह ठुला दलको टाउको दुखाइ बन्न पुगेको जानकारहरू बताउँदै आएका छन् ।

पूर्व मेयर समेत रहेका अहिलेका एमालेका मेयर उम्मेदवार केशव स्थापित समेत स्वतन्त्र उम्मेदवार बालेन शाहका विरुद्ध अभिव्यक्ति दिँदै हिँड्नुले स्थापित समेत स्वतन्त्र उम्मेदवार सँग डराउन थालेको बुझाई सुरु भएको छ ।

चासोका साथ हेरिएको काठमाडौँ महानगरमा गठबन्धनको साझा उम्मेदवारको रूपमा नेतृ सृजना सिंहलाई मेयरको उम्मेदवारको रूपमा अघि सरेको छ । लौह पुरुष गणेशमान कि बुहारी तथा काँग्रेस नेता प्रकाशमान सिंह कि पत्नी समेत रहेकी नेतृ सिंह पनि बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।

त्यस्तै एमाले पार्टीको तर्फबाट काठमाण्डौँको मेयर पद समाली सकेका केशव स्थापित मेयरको दाबेदार छन् । दुई ठुला पार्टीको बिचमा बालेन शाहको चर्चा कम छैन । बालेन शाह स्वतन्त्र उम्मेदवारको रूपमा लौरो चुनाव चिन्ह लिएर घरदैलोमा छन् । बालनेका अगाडि युवाहरूको ताती लगेको छ।

दुई ठुला उम्मेदवारको टाउको दुखाई स्वतन्त्र उम्मेदवार बालेन बनेको देखिन्छ । ३१ बर्से बालेन युवाहरूको रोजाइमा पर्दै जानुले दुई ठुला दलका उम्मेदवारको चर्चा छायामा देखिएको छ । राजनीतिका जानकारका अनुसार दलहरूबाट वाक्क भएका सर्बसाधारण समेत बालेन को पक्षमा खुल्दै जानुले काठमाडौँ महानगरमा अप्रत्याशित नतिजा आउन सक्ने आङ्कलन सुरु भएको छ।

गठबन्धनको तर्फबाट सृजना सिंहलाई बलियो प्रतिस्पर्धीको रूपमा हेरिए पनि पछिल्ला दिनमा सिंहको पक्षमा अनुभव गर्न सक्ने गरी चुनावी माहौल बन्न सकेको देखिँदैन । एमाले नेता स्थापित समेत बालनेका विषयमा टिप्पणी गर्दै हिँड्न थाल्नुले झनै स्वतन्त्र उम्मेदवार बालेन को माहौल बन्दै गएको बुझिन्छ ।

एमाले र काँग्रेस मध्य यस पटक एमाले फुटेका कारण एमाले कमजोर र गठबन्धनको तर्फबाट काँग्रेस पार्टीको उम्मेदवार बलियो देखिनु पर्नेमा अहिले ठिक उल्टो स्वतन्त्र उम्मेदवार बालेन बलियो हुँदै आएको चर्चा सुरु भएको छ ।

नतिजा कसको पक्षमा आउँछ भन्न नसकिए पनि बालेनको चुनावी प्रचार-प्रसार दुई ठुला दलको भन्दा कम छैन । युवाहरूको ओइरो सहित जनताको आँगनमा बालेन पुग्दै गर्दा ठुला दलमा तरङ्ग पैदा भएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा