शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काँग्रेसलाई भोट हाल्ने कम्युनिस्ट हुनै नसक्ने रावलको ठोकुवा !


  • आइतबार, बैशाख २५ २०७९
10.9K
SHARES

तस्विरः फाइल

नेकपा एमालेका नेता भीम रावलले सच्चा कम्युनिष्टले काँग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले दक्षिणपन्थी भन्दै आएको काँग्रेसलाई भोट हाल्ने कसरी कम्युनिष्ट हुन सक्छन् भनेर प्रश्न गरे ।

कम्युनष्टि र कांग्रेसको कुनै पनि आधारमा एकता सम्भव नै नहुने पनि स्पस्ट पारे । आफूलाई कम्युनिष्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी कांग्रेससँग एकता गर्नेले आफ्नो सत्ता स्वार्थका लागि जनतामाथि धोका दिएको उनले जिकिर गरे ।

सच्चा कम्युनिष्ट पार्टीले काँग्रेसलाई भोट हाल्न नसक्ने उनको भनाइ छ । रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्‍न आग्रह गरे । एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निमार्णका कार्यले तीव्रता पाउने बताए ।

एमाले राष्ट्रको शक्ति भएको बताउँदै आगामी चुनावमा एमाले पार्टीले बहुमत ल्याउने समेत दाबी गरेका छन् । नेता रावलले काँग्रेसको बुई चढेर हिड्नेहरु कम्युनिस्ट हुनै नसक्ने रावलको ठोकुवा हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा