नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई देशभरि विजयी बनाउन आग्रह गरेका छन्। काठमाडौंमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले सिर्जना सिंह योग्य महिला भएको र उनलाई जिताउन अपील गरे।
उनले भने, ‘सिर्जना सिंह योग्य महिला हुन्, राम्रो काम गर्ने बचन दिएकी छन्। काठमाडौंजस्तो राजधानीमा महिलाले हार्नु हुँदैन। महिला हराएपछि काठमाडौंले दोष पाउँछ। राजधानीमा महिला उम्मेदवार हराएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले के भन्ला?’
देउवाले चितवनमा रेणुलाई विजयी बनाउनुपर्ने दोहोर्याएका थिए। उनले भने,‘भरतपुरमा रेणु दाहाल र काठमाडौंमा सिर्जना सिंहलाई अत्यधिक मतले जिताउनुपर्छ।’
काठमाडौँ कुनै पनि हालतमा गठबन्धनले जित्नुपर्ने बताउँदै देउवाले अत्यधिक मतले विजय गराउनुपर्ने देउवाको जोड थियो । देउवाले काठमाडौँ गठबन्धनले अत्यधिक मत ल्याएर जित्ने समेत दाबी गरेका छन् । काठमाडौँमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गरेका देउवाले गठबन्धन सफलता तर्फ गएको समेत बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।