शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माओवादी केन्द्र काठमाडौँका चर्चित नेता अधिकारीले छाडे पार्टी, लाग्यो अहिलेसम्मकै ठुलो झड्का (राजीनामा पत्रसहित)


  • बिहिबार, बैशाख २२ २०७९
35.9K
SHARES

२२ वैशाख, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) केन्द्रका चर्चित नेताले पार्टी परित्याग गरेका छन् । यस घोषणाले माओवादीलाई ठुलो धक्का लाग्ने देखिएको छ ।

काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेश (ख) निर्वाचन क्षेत्रका इन्चार्ज तथा बागमती प्रदेश कमिटी सदस्य युवा नेता रविन अधिकारीले आज पार्टी परित्यागको घोषणा गरेका हुन् । तत्कालीन नेकपा बुढानीलकण्ठका अध्यक्ष समेत रहेका अधिकारीको पार्टी परित्यागलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट बुढानीलकण्ठ नगरपालिकाको मेयरका उम्मेदवार बनेका अधिकारीले ३५ सयमाथि मत प्राप्त गरेका थिए । क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रको अवस्था ज्यादै कमजोर बनेको बेला नगरको नेतृत्व गर्न आएका अधिकारीले पार्टीमा नयाँ जागरण थपेका थिए । काठमाडौँबाट सम्भावना बोकेका नेताको रूपमा पहिचान बनाएका अधिकारीले नगरमा देखाएको सशक्त भूमिकाका कारण उनको छुट्टै चर्चा हुने गर्दथ्यो ।

माओवादी केन्द्रबाट साधारण सदस्य समेत नरहने गरी क्षेत्र नम्बर ४ प्रदेश (ख) इन्चार्ज र पार्टीको बागमती प्रदेश सदस्यबाट राजीनामा दिएको अधिकारीले केटिएम खबरलाई जनाए । पार्टीका नेताहरूमा देखिएको अदुरदर्शीता, सङ्गठन परिचालनमा देखिने सदैको समस्या समाधान नहुने भए पछि पार्टी परित्याग गर्ने बोल्ड निर्णय गरेको हुँ ।

यस विषयमा केटिएम खबरले माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीसङ बुझ्न खोज्दा आफूसम्म राजीनामा पत्र नआएको बताएका छन् । उहाँको राजीनामा हो भने केही समयमा पत्र आउने र त्यस पछि आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा