शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चितवनमा रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जान सक्छ : प्रचण्ड


  • बिहिबार, बैशाख २२ २०७९
18K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरमा रेणु दाहाललाई विजयी गराउन चितवनवासीलाई आग्रह गरेका छन्। बिहीबार चितवनमा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले चितवनमा रेणुलाई नजिताए देश दुर्घटनामा पर्ने बताएका हुन् ।

‘टेकप्रसादजीलगायतलाई मैले के भन्न चाहन्छु भने तपाईँहरुले अहिले पनि यो गठबन्धन राष्ट्र र जनताको आवश्यकता हो । यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो ।

समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर मत हालिदैन हँसिया हतौडामा भनेर भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’उनले भने,’होइन यो राष्ट्रको आवश्यकता हो भनेर तपाई चितवनवासी जनताले उत्साहपूर्ण भोट हालेर रेणु दाहाल र चित्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धन १०/१५/२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ ।

तपाईहरुले नेताहरु मात्रै नहेर्नुस् । तपाईँहरुको पनि फैसला गर्ने अधिकार छ भन्दै महानगरमा रेणु दाहाललाई विजयी गराउन चितवनवासीलाई आग्रह गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा