आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

काभ्रेको रोशीमा बस र टाटा सुमो ठोक्किँदा पाँच जनाको मृत्यु


  • बुधबार, बैशाख २१ २०७९
9.2K
SHARES

फाइल तस्विर

तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस टाटा सुमोसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बच्चासहित पाँचजनाको मृत्यु भएको हो । काठमाडौँबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बस सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको टाटा सुमोसँग काभ्रेको रोशी गाउँपालिका-११ मा दुर्घटनामा परेको काभ्रे प्रहरीले जनाएको छ ।

यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग ठक्कर खाएको थियो ।काभ्रेको रोशी गाउँपालिका–११ मा भएको उक्त दुर्घटनामा एक बच्चासहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी हरि खतिवडाले बताए ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन नसकेको र घाइतेहरूको उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए । दुर्घटनामा परी घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रवक्ता खतिवडाले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा