आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

अवरुद्ध त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पुनः शुरु


  • बुधबार, बैशाख २१ २०७९
15.6K
SHARES

फाइल तस्विर

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पुनः सुचारु भएको छ । आज (बुधवार) विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ वटा बम रहेको सूचना आएपछि अवरुद्ध भएको आन्तरिक उडान सेवा पुनः सुचारु भएको हो । बुधबार बिहान विदेशबाट एक अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ ठाउँमा बम राखेको सूचना दिएपछि आन्तरिक उडान–अवतरण सेवा करिव १ घण्टासम्म अवरुद्ध भएको थियो ।

बम रहेको सूचना पाएपछि विमानस्थल प्रशासन र सुरक्षाकर्मीहरुले विमानस्थल क्षेत्रको चेकजाँज गरेका थिए । जसमा कुनै पनि शंकास्पद वस्तु नरहेको प्रमाणित भएको छ । सूचना फैलाउने व्यक्तिले भ्रामक सूचना दिएकाले प्रहरीले उक्त भ्रामक सूचना दिने व्यक्तिको बारेमा अनुसन्धान गरिहेको जनाएको छ ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले कार्यालयको टेलिफोनमा ९ः ४० देखि ९ः ५० को बीचमा दुई पटक फोन गरेर बम राखेको सूचना दिएकोले अनुसन्धान गरेको तर कुनै पनि शंकास्पद वस्तु फेला नपरेको बताए । उनले कुनै शंकास्पद वस्तु नपाइएपछि पुनः उडान सेवा शुरु गरिएको जानकारी दिए  । उनले भ्रमक सूचना दिने व्यक्तिले नेपालीमा कुरा गरेको बताए ।

प्रवक्ता सिटौलाले भने, ‘आज हाम्रो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा ६÷७ वटा बम रहेको र यो बम २ घण्टाभित्रमा बिस्फोट हुन्छ भनेर बाहिरबाट टेलिफोन आएको थियो । अफिसको टेलिफोन एक्सचेन्जमा । ९ बजेर ४० मिनेटदेखि ९ बजेर ५० मिनेटको बीचमा त्यही मानिसले गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा