शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

माओवादी केन्द्रमा गयो अर्को ठुलो पहिरो, प्रभावशाली नेता सहित ५०० जनाले छाडे पार्टी


  • आइतबार, बैशाख १८ २०७९
8.8K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका नेता एवं बर्दियाको राजापुरका हालका मेयर शिवप्रसाद थारुले पार्टी छोड्ने घोषणा गरेका छन्। लुम्बिनी प्रदेश कमिटीको निर्णयमा असहमति जनाउँदै पार्टी छाड्ने घोषणा गरेका हुन्।

‘बर्दियाको राजापुरमा नेकपा माओवादी केन्द्रबाट ४ जना लुम्बिनी प्रदेश कमिटी सदस्य शिवप्रसाद चौधरी,सुरेश बहादुर भुल, शान्ति चौधरी, रामबहादुर चौधरीसहित ५०० जना कार्यकर्ताद्वारा सामूहिक राजीनामा,’ फेसबुकमा उनले लेखेका छन्।

उनीहरुले राजापुर नगरपालिका-५ को वडाध्यक्षमा विवाद भएको बताएका छन्। उक्त वडामा जिल्ला समन्वय समितिले रामबहादुर थारुलाई टिकट दिए पनि प्रदेश कमिटीले हस्तक्षेप गरेको उनीहरुको आरोप छ। प्रदेश कमिटीले पत्र लेख्दै माओवादीको आधिकारिक उम्मेदवार रमेश चौधरी भएको बताएको थियो।

उता अछाममा नेपाली कांग्रेस परित्याग गर्ने बढेका छन । स्थानीय निर्वाचनको सम्मुखमा माओवादी केन्द्रमा मत दिन नसक्नेहरू पार्टी परित्याग गरेर एमाले प्रवेश गर्न थालेका हुन ।

शुक्रबार मात्रै कांग्रेसको अछाम क्षेत्र नम्बर २ का क्षेत्रीय सह सचिव पुष्पराज भण्डारी सहित २० जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन।

जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा एक कार्यक्रमका नेता भण्डारी सहित २० जना नेता तथा कार्यकर्ताले कांग्रेस पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश भएका छन् ।

नेपाली काँग्रेसको मंगलसैन नगरपालिका कार्य समितिका निवर्तमान सभापति समेत रहेका भण्डारी स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदका आकाङ्क्षी थिए । तर पार्टीले उनी भन्दा जुनियर मान्छेलाई टिकट दिएको भन्दै भण्डारी सहित दर्जनौँ कार्यकर्ता असन्तुष्ट बनेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा