कपिलवस्तु — कृष्णनगर नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट नगर प्रमुख र उपप्रमुखमा पुरुषको मनोनयन दर्ता भएकाले दुवै जनाको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ को ४ विपरीत भएकाले उम्मेदवारी खारेज गरिएको हो । कृष्णनगर नगरपालिकाको नगर प्रमुखमा शिवप्रसाद कलवार र उपप्रमुखमा मोहम्मद अफजल मियाले उम्मेदवारी दिएका थिए ।
कानुन अनुसार नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिने दलले एक जना महिला र एक जना पुरुष उठाउनु पर्ने भएपनि दुवै पदमा पुरुषले उम्मेदवारी दिएकाले उम्मेदवारी खारेज गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए ।
त्यसैगरि कृष्णनगर नगरपालिकाको वार्ड नं. २ को दलित महिला सदस्यको उम्मेदवारी दिएकी सबिरा धोबीको पनि उम्मेदवारी रद्द भएको छ । उनले दलित प्रमाणपत्रको निस्सा पेस गर्न नसकेको बताइएको छ । वार्ड नम्बर ९ मा जनता प्रगतिशील पार्टीबाट दलित महिला सदस्यको उम्मेदवार बनेकी सुमिरता रैदासको उम्मेदवारी रद्द भएको छ ।
उनले दलित प्रमाणपत्रको निस्सा पेस गर्न नसकेका बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।