शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

केपी ओलीको पार्टीलाई राष्ट्रिय सभामै धुलो चटाएका छौँ : माधव नेपाल


  • बिहिबार, बैशाख १५ २०७९
10.2K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साझा उमेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सभा निर्वाचनमै केपी शर्मा ओलीको पार्टीलाई धुलो चटाएको बताए ।

“दुईजना पालिकाका प्रमुख निर्विरोध चयन भइसकेका छन्,” उनले भने, “तीनजना उपप्रमुख निर्विरोध निर्वाचित भइसकेका छन् भने ७ वडाअध्यक्ष र २६ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।”

उनले एमाले उमेदवार रामबहादुर थापा बादललाई राष्ट्रिय सभामा पराजित गरेको स्मरण गरे ।

“बादललाई पराजित गरेका हौँ राष्ट्रिय सभामै,” उनले भने, “हामीले त्यसपछि विजयीको सुरुवात गरेका हौँ । पछि भएको राष्ट्रिय सभा निर्वाचनमा पाँचजना हाम्रा उमेदवार जिताएका छौँ, केपी ओलीको पार्टीलाई त्यसबेला नै धुलो चटाउने काम गरेका हौँ ।”आगामी चुनावमा केपी ओलीलाई परास्त गरेर ओलीको घमन्डलाई खरानी बनाइदिने माधव नेपालको उद्घोष छ । चुनावमा समाजवादी पार्टी स्थापित हुने माधव नेपालको ठोकुवा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा