शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

मेयरकी उम्मेदवार सिंहले सार्वजनिक गरिन् ७ संकल्प !


  • बिहिबार, बैशाख १५ २०७९
11.6K
SHARES

फाइल तस्विर

काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले काठमाडौंमा काम गर्नका लागि आफू आएको बताएकी छन् । काठमाडौंमा आफ्नो संकल्प प्रस्ताव सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले आफूले महिला, बालबालिका, वृद्धवृद्धाको आवाज सुन्न सक्ने बताइन् । कार्यक्रममा आफ्ना सात ‘स’को संकल्प प्रस्तुत गरेकी थिइन् ।

यस्तो छ उनका योजना :

१– सेवा र सुशासन

–महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने संकल्प गर्दछु ।
–भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरपालिकालाई स्थापित गर्नेछु ।

–संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु ।

२– स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा

– शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु ।

–महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परीक्षण, उपचार र पुनस्र्थापनासहितको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको संचालन गर्नेछु ।

–ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु ।

३– स्वच्छ, सफा, दिगो पर्यावरण

–काठमाडौं महानगरपालिकालाई जिरो वेष्ट नगरपालिका बनाउनेछु ।

–पिउन योग्य पानी, स्वास फेर्ने योग्य हावाका लागि आवश्यक कानुनी संस्थागत र संरचनागत व्यवस्था गर्नेछु ।

–सार्वजनिक, खुला स्थान, पार्क, वन, सिटी, इनार, पोखरी, वडा, फाल्चा आदिको संरक्षण पुनःस्थापना तथा विस्तार गर्नेछु ।

४– सुरक्षित सहर

–महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्नेछु ।

–विपत थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्नेछु ।

५– संस्कृति, सम्पदा र सभ्यता

–मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा संवद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्नेछु ।

–गुठी प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्नेछु ।

६–सवल र समुन्नत पूर्वाधार

–सहजरुपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रित सहरकारुपमा महानगरलाई विकास गर्नेछु ।

–महानगर क्षेत्रभित्र सबै खालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु ।

–महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीयरुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्नेछु ।

७– सवल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरवासी

–युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिनेछु ।

–उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा