राप्रपा महाधिवेशनमा राजेन्द्र लिङदेन सँग अध्यक्षमा पराजित भएपछि हार सहन नसकी पुर्व राजालाई दोष देखाउँदै पार्टी परित्याग गरी राप्रपा नेपालको अध्यक्ष बन्न पुगेका कमल थापालाई झड्का लागेको छ । राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिए सँगै कमल थापालाई चुनावको मुखमा झड्का लागेको हो ।
राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका हून। अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले बुधबार राजीनामा पत्र बुझाएका हुन्।
पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।
राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए। चाबहिलका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए। अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनीत गरेका थिए। स्थानिय चुनावको मुखमा उपाध्यक्ष पौडेलको एक्कासि राजीनामा आउनुलाई अर्थ पूर्ण रूपमा हेरिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।