आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

ओलीको मुखमा अँगार छ, उनले ओकल्ने कालै हो : गगन थापा


  • बुधबार, बैशाख १४ २०७९
12K
SHARES

फाइल तस्विर

काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख छाड्नु नयाँ कुरा नभएको बताएका छन् । उनले ओली कालो मन भएको मान्छे भएकाले उनले अरुलाई अनावश्यक आरोप लगाउनु सामान्य भएको बताए ।

‘जसको मुखमा अँगार छ । उसले ओकल्ने कालै हो’, बुधबार आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘मैले भने यो कुनै नयाँ कुरा होइन । म त पार्टीको कार्यक्रममा थिएँ ।

त्यसपछि उहाँहरुले भन्नुभयो । तपाईँलाई त उहाँले पागल भन्नुभयो । मैले भनेँ ठीक छ । मैले फेरि हाम्रो टिमको साथीलाई फेरि भनेँ तपाईँलाई याद छ ? केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ ? केपी ओलीले झुट बोल्नुहुन्छ । कोही आँट भएको मान्छे आएर तपाईं छुट बोल्दै हुनुहुन्छ भन्यो भने उहाँले पागल भन्नुहुन्छ ।’

पहिला पनि ओलीले पागल भनेर गोविन्द केसी र सुशीला कार्कीलाई भनेको भन्दै थापाले सनक्क सन्किसकेपछि उनले भन्ने नै पागल शब्द भएको जिकिर गरे । नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा काँग्रेसको सङ्कल्प पत्रलाई बकवास र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा