शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पोल भाडा नतिर्ने इन्टरनेट र टेलिभिजन कम्पनीको तार काट्ने प्राधिकरणको चेतावनी !


  • बुधबार, बैशाख १४ २०७९
8.8K
SHARES

फाइल तस्विर

नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टीभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले वैशाख मसान्तसम्म विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

अधिकांश सेवा प्रदायकहरूले नियमाअनुसार सम्झौता नगरी वा आंशिक क्षेेत्रको मात्रै सम्झौता गरेर विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको भन्दै नियमानुसार सम्झौता र नवीकरण गर्न आग्रह गरेको छ । हालसम्मको बाँकी बक्यौता भाडा रकम भुक्तानी गर्न पनि प्राधिरकणले अनुरोध गरेको छ ।

‘नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न यसअघि नै पटक-पटक सचेत गरिसकिएको छ,’ सूचनामा भनिएको छ ।

नियमानुसार सम्झौता नगरी सेवा प्रदायकहरूको लाइन जुनसुकै सयममा काट्न सकिने प्राधिकरणले बताएको छ । यसबाट निस्कने परिणामको जिम्मेवार सम्वन्धित सेवा प्रदायक संस्था नै हुने प्राधिकरणको चेतावनी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा