आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

७९ वर्षीयले दिए मेयरमा उम्मेदवारी !


  • मंगलबार, बैशाख १३ २०७९
10.1K
SHARES

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मनोनयन दर्ताको क्रममा फरक-फरक दृष्य देखिएको छ । क्रियात्रपुत्रीदेखि रिक्सा चालक समेतले उम्मेदवारी दिएका छन् ।
यसै क्रममा जनपुरमा पनि फरक तरिकाले एक व्यक्तिले मनोनयन दर्ता गरे ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि ७९ वर्षीय रामसेवक यादवले उम्मेदवारी दिएका छन्। आइतबार जनकपुरधाम–८ पिँडारी चौकका ७९ वर्षीय यादवले मनोनयन स्थल पुगी उम्मेदवारी दर्ता गराएका हुन्।

नेकपा एमालेका पुरानो नेता रहेका यादवले राजनीतिमा गन्दगी फैलिएकोले त्यसलाई सफाइ गर्नका लागि आफूले उम्मेदवारी दिन लागेको बताए।

उनले भने, ‘विचारमा कटुता, व्यवहारमा पुँजीवाद र आपसी सद्भावको विखण्डन भइरहेको छ। त्यसलाई एकरुपता ल्याउन मैले उम्मेदवारी दिन लागेको हुँ।’

एमालेमा नेतृत्व सिद्धान्तभन्दा बाहिर गएपछि त्यसलाई सिद्धान्तमा ल्याउनका लागि आफूले उम्मेदवारी दिएको बताए। एमालेमा नीति निर्माणमा विचलन आएको उनी बताउँछन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा