आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

काठमाडौँमा कांग्रेसलाई लाग्यो नसोचेको झड्का, चर्चित नेताले छाडे पार्टी !


  • सोमबार, बैशाख १२ २०७९
30.7K
SHARES

फाइल तस्विर

१२ बैशाख, काठमाडौँ ।
नेपाली कांग्रेसका लागि दुःखद खबर आएको छ । चुनावमा आफूलाई टिकट नदिएको भन्दै काठमाडौँका चर्चित नेताले पार्टी परित्यागको घोषणा गरेका छन् । यो समाचार हो काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको ।

गोकर्णेश्वर नगरपालिकामा मेयर पदको उम्मेदवार आंकाक्षी बनेका विमल ढकुरीले टिकट नपाए पछि पार्टी परित्याग गरेका छन् ।

मनोनयन दर्ताका लागि खुट्टा उचालेर बसेका ठकुरीलाई दिनैभर शुभकामना र बधाईको ओइरो आएको थियो । अन्ततः मेयरका लागि दीपक रिसालको नाम आए पछि ठकुरी आक्रोशित बन्दै पार्टी छाडेको घोषणा गरे ।
शेर बहादुर देउवा निकट रहेका ठकुरी गोकर्णेश्वर नगरपालिकाको मेयरमा बलियो उम्मेदवार रूपमा हेरिएको थियो । ठकुरीको यस घोषणाले कांग्रेस उम्मेदवार रिसाललाई नसोचेको झड्का लाग्ने देखिएको छ । रिसालभन्दा बलिया देखिएका ठकुरीलाई पार्टीमा पुनः फर्काउन नसके विपक्षी पार्टीलाई फाइदा पुग्नेछ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस उम्मेदवार सन्तोष चालिसे निर्वाचित भएका थिए । क्षेत्रीय सभापति समेत रहेका चालिसेले नगरपालिकामा अपेक्षित काम गर्न नसकेपछि उनको विकल्प खोजिएको थियो । मनोनयन दर्ताको अन्तिम समयमा रिसाल उम्मेदवार पक्का बने ।

कांग्रेसका चर्चित नेता स्वं. चक्र बहादुर ठकुरीका छोरा समेत रहेका विमल ठकुरी गोकर्णेश्वर नगरमा मात्र नभई काठमाडौँ भित्र सम्भावना बोकेका नेता हुन् ।

केटिएम खबरसंग कुराकानी गर्दै ठकुरीले पार्टी छाडेको घोषणा गरेका छन् । पार्टीमा धनवाद हाबी भएको भन्दै अबको यस अवस्थामा पार्टीमा रहन नसक्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा