आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

विनोद चालिसे बने कांग्रेस बुढानीलकण्ठको मेयर उम्मेदवार


  • सोमबार, बैशाख १२ २०७९
17K
SHARES

काठमाडौँ । नेपाली कांग्रेसले बुढानीलकण्ठ नगरपालिकाको मेयर पदको उम्मेदवार टुंग्रो लगाएको छ । कपनवासी युवा नेता विनोद चालिसे नेपाली कांग्रेसको बुढानीलकण्ठ मेयरका उम्मेदवार बनेका छन् ।

केटिएम खबरलाई प्राप्त जानकारी अनुसार मेयरका लागि विनोद चालिसलाई उम्मेदवारको टिकट दिई सकेको छ । केही बेरमै मनोनयन दर्ता स्थल पुगी नाम दर्ता गर्नेछन् ।

नेपाली कांग्रेस बुढानीलकण्ठमा दर्जनको हाराहारीमा मेयरको आकांक्षी रहेका थिए । सो मध्यबाट सहमति जुट्दै चालिसे मेयरका लागि छनोट भएका हुन् ।

केटिएम खबरसंग संक्षिप्त कुराकानी गर्दै मेयर पदका उम्मेदवार चालिसेले, ‘आफूलाई पार्टीले मेयरको टिकट दिएको कन्फर्म गरेका छन् । केही बेरमै मनोनयन स्थल पुग्ने जानकारी दिए ।’

को हुन् विनोद चालिसे ?

२०४६ सालदेखि प्रजातन्त्र पाप्तिको आन्दोलनदेखि राजनीतिमा होमिएका विनोद चालिसे कपनका स्थानीयवासी हुन् ।

२०४८ सालको संसदीय निर्वाचन नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउन आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान गरेका थिए ।

२०५० सालदेखि नेबि संघ गाउँ कमिटी सचिव, क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सहसचिव लगायत २०५३ सालमा नेबि संघको तर्फबाट विश्व भाषा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएका थिए ।

तत्कालीन क्षेत्रीय सभापति परशुराम पोखरेलको कमिटीमा आमन्त्रित सदस्य भई काम गरिसकेका चालिसे तत्कालीन गाउँ विकास समितिको इकाई सभापति, बुढानीलकण्ठ नगर कमिटी सचिव, क्षेत्र नम्बर ४ को सचिव, प्रदेश ‘ख’ क्षेत्र नम्बर ४ को सभापति हुँदै पार्टीको १४औँ महाधिवेशनका लागि सङ्घीय महाधिवेशन प्रतिनिधिमा समेत निर्वाचित भए ।

व्यवस्थापन विषयमा स्नातकोत्तर तथा शिक्षा शास्त्रमा स्नातकसम्म अध्ययन गरेका चालिसेले विद्यालय तथा कलेजमा लामो समय प्राध्यापन गरे ।

उनको अर्को व्यक्तित्व कवि तथा गीतकारको रूपमा पनि चिन्ने गरिन्छ । ‘तिम्रो आँखाको आकाश’ कविता संग्रह तथा ‘मनको धुन’ गीति एल्बम बजारमा आइसकेको छ । उनको नयाँ गजल तथा गीति संग्रह पनि प्रकाशोन्मुख रहेको छ ।

सामाजिक गतिविधिको अभियान नै सञ्चालन गरेर उनको नेतृत्वमा धेरै सामाजिक कामहरू भएका छन् । वि.स. २०७२ सालको भूकम्पमा स्वयंसेवक भई काम गरे ।

कोभिड–१९ को महामारीको बिच राहत तथा स्वास्थ्य सामाग्री वितरणमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरे । कोभिड–१९ महामारीमा उनको नेतृत्वमा पार्टीको तर्फबाट नगर विपद् व्यवस्थापनमा आर्थिक सहयोग गर्नुको साथै विपद् व्यवस्थापनमा पार्टीको महत्त्वपूर्ण भूमिका देखाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा