शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

भरतपुरको मेयरमा कांग्रेस नेता पौडेलले दिए बागी उम्मेदवारी


  • सोमबार, बैशाख १२ २०७९
10.3K
SHARES

सर्वाधिक चासोका साथ हेरिएको भरतपुर महानगरमा काँग्रेसले मनोनयन पत्र दर्ता गराएको छ । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले मनोनयन पत्र दर्ता गरेका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।

तर उक्त सहमतिको विपक्षमा रहेका कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले छुट्टै उम्मेदवारी दर्ता गर्ने चेतावनी दिँदै आएका थिए । नेता पौडेलले भरतपुरको चौबिसकोठीबाट चारतारे झण्डासहित नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा कांग्रेसका पूर्ब जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् । नेकपा माओवादी केन्द्रकी नेत्रृ रेणुदाहालले भरतपुर महानगरमा टिकट पाउने  र गठबन्धनको तर्फबाट रेणु दाहाल नै मेयरको उम्मेदवार बन्ने सहमतिका विरुद्ध काँग्रेसले मनोनयन दर्ता गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल मेयरको उम्मेदवार रहेको भरतपुर महानगरलाई चासोका साथ हेरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा