शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कांग्रेस, जसपा र जनमोर्चाले बनाए माओवादी विरोधी गठबन्धन


  • सोमबार, बैशाख १२ २०७९
12K
SHARES

फाइल तस्विर

वीरगञ्ज – नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले नेकपा माओवादी केन्द्र विरोधी गठबन्धन बनाएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रविरुद्ध कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाले माओवादी विरोधी गठबन्धन बनाएका हुन् ।

नेकपा माओवादी केन्द्र गठबन्धनको मर्म विपरीत एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप अन्य दलहरुले लगाएका छन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिनिधि बाहेक तीन दलबीच आइतबार बसेको बैठकले आपसी सहमतिमा छुट्टै मेयर उम्मेदवार उठाएर वडा तहसम्म गठबन्धन गर्ने निर्णय गरेको छ ।

निर्णयबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्मा, जसपा केन्द्रीय सदस्य भरत खड्का र जनमोर्चाका केन्द्रीय सदस्य धर्मानन्द सुवेदीले विज्ञप्ती हस्ताक्षर गरेका छन् ।

जीतपुरसिमरा माओवादी केन्द्रको राम्रो पकड भएको उपमहानगरपालिका मानिन्छ । त्यसैले सत्ता गठबन्धनको केन्द्रमा बसेको बैठकले भागबण्डा गर्दा जितपुर सिमराको मेयर उम्मेदवार माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । तर मेयर पाउने पार्टीले सहमतिमा लचकता नदेखाएको भन्दै माओवादी केन्द्रविरुद्ध अन्य दलले गठबन्धन गरेका हुन् ।

‘मेयर पाउने पार्टीले बढी लचकता देखाउनुपर्नेमा गठबन्धनको भावना र शक्ती सन्तुलनको नियम विपरीत नेकपा माओवादीले आफ्नो गतिविधि बढाएकाले माओवादी बाहेकका गठबन्धनका अन्य दलले छुट्टै मेयरका उम्मेदवार खडा गरी प्रत्येक वडा तहसम्म गठबन्धन गर्ने निर्णय गरियो,’ विज्ञप्तीमा लेखिएको छ ।

केन्द्रबाट नै गठबन्धन भएकोले अन्य दलबाट मेयर पदको उम्मेदवारका लागि टिकट वितरण नहुनेमा माओवादी केन्द्र भने ढुक्क देखिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा