काठमाडौँ – नेकपा एमालेले सिक्रि चोरका आरोपितलाई पोखरा महानगरपालिकाको उम्मेदवार बनाएको छ । नेकपा एमालेले मेयरको टिकट दिएका दीपक पौडेल सिक्रि चोरको रुपमा परिचित छन् । उनले एक पसलमा सुन खोर्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
सामाजिक संजाल प्रयोगकर्ताले ‘एमालेको रोजाईमा परेका पोखराबाट मेयरका सिक्री चोर’ भन्दै भाइरल बनाएका छन् । कमल पौडेल नामका एक ट्वीटर प्रयोगकर्ताले व्याङ्ग्या गर्दै अगाडि भनेका छन्, ‘मैलेत पत्यायको थियन । हो रैछ त जे होस अनुभवी इमान्दारलाई टिकट दिएका रैछन ।अनुभब हिन भन्दा अनुभव भएकाले केही गर्छन है।’
शनिबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले पोखरा महानगर प्रमुखका लागि पौडेललाई टिकट दिएको थियो । त्यस्तै उपप्रमुखमा अहिलेकी उपप्रमुख मञ्जुदेवी गुरुङलाई दोहो¥याउने निर्णय गरेको थियो । तर उनले नदोहो¥याउने बताइसकेकी छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।