शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

गठबन्धनबाट नेपाली कांग्रेस आउट !


  • आइतबार, बैशाख ११ २०७९
10.4K
SHARES

फाइल तस्विर

११ बैशाख, काठमाडौँ ।

सत्तारुढ गठबन्धनले केन्द्रमा चुनावी तालमेल गरेर जाने शैद्धान्तिक सहमति गरेको भएपछि स्थानीय स्तरमा भाँडभैलो मच्चिएको छ । नेकपा माओवादी, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी कांग्रेसलाई आउट गर्दै नयाँ गठबन्धन बनाएका छन् ।

यो काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको खबर हो । नगर स्तरीय बैठकको निर्णय अनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालीकाबाट कांग्रेसका विरुद्ध एकीकृत समाजवादी पार्टीले मेयरमा र माओवादी केन्द्रले उपमेयरमा उम्मेदवार बनाउने भएको छ ।

नेपाली कांग्रेस गठबन्धन गर्न तयार नभएपछि तीन पार्टीले मात्र तालमेल गरेका हुन् । तालमेल अनुसार ९ वडा रहेको गोकर्णेश्वर नगरपालीकामा माओवादीले ६ वडामा वडाध्यक्ष पाएको छ भने नेकपा एसको भागमा ३ वडा परेका छन् ।

आज बसेको तीन दलको बैठकले वडा नम्बर १,२,३,५,७ र ९ मा माओवादीले उम्मेदवार उठाउने छ भने नेकपा (एकिकृत समाजवादी) ४,६, र ८ मा उम्मेदवार उठाउने छ । एकीकृत समाजवादी पार्टीले भने वडा सदस्यमा चित्त बुझाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा