शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

हेटौंडामा कांग्रेसको चेतावनी : मेयर पद नपाए एकल उम्मेदवारी दिन्छौं !


  • बुधबार, बैशाख ७ २०७९
11.3K
SHARES

स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादीले लिने सत्तारुढ गठबन्धनको शीर्ष नेताको सहमतिप्रति नेपाली कांग्रेसको नगर समितिले असहमति जनाएको छ ।

उक्त सहमतिले नेपाली कांग्रेसका कार्यकर्ताको मनोभावनामा ठेस पुगेको, गठबन्धनको आवश्यकता र औचित्य पूरा हुन नसक्ने भन्दै कांग्रेसले निर्णयलाई पनरावलोकन गरी कांग्रेसले मेयर पद पाउने गरी गठबन्धन दलहरुबीच सहमति गर्न माग गरेको छ ।

यो निर्णयको पुनरावलोकन नभएमा हेटौंडामा गठबन्धनका दलहरुसँग मित्रवत प्रतिस्पर्धा गर्ने कांग्रेसले बताएको छ ।

हेटौंडा उपमहानगरपालिका समितिका नगर सभापति उत्सव इटनीले विज्ञप्ति जारी गरी नगर समितिका पदाधिकारी र सबै वडाका सभापतिको बैठकले मेयरको टिकट नपाए गठबन्धनका दलहरुसँग कांग्रेस मित्रवछ प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताए ।

गठबन्धनको भागबन्डा प्रति विभिन्न ठाउँमा काँग्रेसले विरोध जनाउँदै आएको छ। पोखरामा पनि मेयर पद समाजवादीलाई दिएकोमा काँग्रेस असन्तुष्ट बन्दै पार्टी कार्यालयमा ताला नै लगाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा