काठमाडौँ – सत्तारुढ गठबन्धनमा बल्ल सहमति भएको छ । नेपाली काँग्रेसले दावि गरेको पोखरा महानगर छोडेपछि सहमति भएको हो ।
यसअघि पोखरा महानगरमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले दावी गर्दा गठबन्धनमा परेको गाँठोका कारण महानगरको भागबण्डा टुङ्गिन सकेको थिएन । कांग्रेसले त्याग गर्दा सत्ता गठबन्धनमा ६ वटै महानगरको भागबण्डा टुङ्गिएको छ ।
पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पोखरेली काँग्रेसका नेताहरुलाई बोलाएर गठबन्धनको बाध्यताले पोखराको नेतृत्वको दावी छोड्नुपर्ने अवस्था आएको बताएका थिए ।
यो सँगै मुलुकका ६ महानगरमध्ये नेपाली काँग्रेसले तीन महानगर क्रमशः काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व पाउने भएको छ भने माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने भएका छन् ।
उनीहरुले वडामा पनि त्यसैगरी सहमति गरेका छन् । कांग्रेस, माओवादी र जसपाले जितेका वडामा उनीहरुकै उम्मेदवार हुनेछन् भने एमालेले जितेका वडाहरुमा तीनवटै पार्टीले भागवण्डा गर्ने सहमति भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।